गोनी नाम गरेको भयंकर तुफानले पूर्वी फिलिपिन्समा आइतवार ताण्डव मच्चाएपछि दश लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

राजधानी मनिलाको मुख्य विमानस्थल बन्द गरिएको छ ।

तुफान काटान्डुआनेस प्रान्तको टापुमा बिहानै प्रवेश गरेको थियो । तुफान आउँदा २२५ किलोमिटर प्रतिघन्टाको दरले हावा चलेको थियो । यसलाई क्याटेगोरी ५ हरिकेन मानिएको छ ।

तुफान पश्चिमतर्फ घना आबादी भएको क्षेत्रमा अघि बढिरहेको छ । एक हप्ताअघि मात्र आएको अर्को तुफानले २२ जना मारेको थियो ।अहिलेको तुफानबाट पनि मानिसहरू मरेको बताइएको छ तर पुष्टि हुन बाँकी छ । आल्बे प्रान्तमा एक व्यक्ति रुख ढलेपछि किचिएर मरेको बताइएको छ ।

आइतवार अपराह्न क्वेजोनमा पनि गोनीले तबाही मच्चाउने पूर्वानुमान गरिएको छ ।

आल्बेका गभर्नर आल फ्रान्सिस बिचाराले विपत व्यवस्थापन अधिकारीहरूसँगको भेटमा आफ्नो प्रान्तका कम्तीमा दुईजनाको मृत्यु भएको बताए । अनि मायोन ज्वालामुखीबाट निस्केको लेदोले केही गाउँलेहरूलाई जोखिममा पारेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर