अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प चुनावी अभियानहरूमा भिलेज पिपुल नामक सांगीतिक समूहको हिट गीत वाईएमसीएको धुनमा नाच्ने गरेका छन् ।

तर ट्रम्पले भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजको शैली अनुकरण गरेको आरोप बहालवाला राष्ट्रपति निकोलास मदुरोले लगाएका छन् ।

राजधानी काराकासमा समर्थकहरूसँगको बैठकमा मदुरोले चुनावी सभाहरूमा ट्रम्पको नृत्यका विषयमा टिप्पणी गरेका हुन् ।

‘पेन्सिल्भेनियामा भएको कार्यक्रममा डोनल्ड ट्रम्पले नाच्दा चाभेजको अनुकरण गरे । देख्नुभयो ?’ मदुरोले भने ।

ट्रम्पले भिलेज पिपुलको डिस्को क्लासिक वाईएमसीको धुनमा मञ्चमा नाचेको विषयलाई मदुरोले सन्दर्भ बनाएका हुन् । चाभेज चाहिँ भेनेजुएलाको लोकसंगीतको एक विधा मेरेन्ग्युको धुनमा नाच्ने गर्थे ।

ट्रम्प मुट्ठी बटार्दै मिडलटाउनमा नाचेका हुन् । केही समययता चुनावी सभाहरूमा उनी यसैगरी नाच्ने गर्थे ।

क्वारेन्टीनबाट निस्केपछि ट्रम्पले समर्थकहरूसँगको भेटघाटमा ऊर्जा देखाउने गरेका छन् । उनी र उनकी पत्नीलाई अक्टोबर महिनाको आरम्भमा कोभिड संक्रमण भएको थियो ।

तर उनी वाल्टर रीड मेडिकल सेन्टरमा केही दिन बसेर ह्वाइट हाउस फर्किहाले अनि कोरोनामुक्त पनि भइहाले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय