जीवनशैली

करेला एक फाइदा अनेक, करेलाका यस्ता छन् बहुउपयोगी गुण


  काठमाडाैं   एजेन्सी   २०७७ कार्तिक २०, १४:४८

एजेन्सी- सर्वगुण सम्पन करेलाको स्वाद तितो हुन्छ, यसै कारण कसैलाई करेला एकदमै मन पर्दछ त कसैलाई मन नै पर्दैन । तर, तपाईहरुलाई तितो करेलाको फाइदाका बारेमा थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई करेलाका फाईदाको बारेमा जानकारी दिन गईरहेका छौँ ।

यस्ता छन् तितेकरेलाका फाइदा

– करेलाले पाचनशक्ति बलियो बनाउँछ साथै भोक नलाग्नेहरुलाई भोक लाग्ने बनाउँछ ।

– करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्‍याउँछ । त्यसैले शरीरमा कफ जम्मा भएको खण्डमा करेला खाँनु फाइदाजनक मानिन्छ ।

– करेला शितल खाद्य सामग्री भएकाले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।

–मधुमेह भएकाहरूलाई करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।

– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी मानिन्छ ।

– दमको समस्या भएका बिरामीहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खाँदा अत्याधिक फाइदा हुन्छ ।

– करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत मिल्ने बताइन्छ ।

– पक्षघातका बरामीहरुलाई काँचो करेला खुवाउँदा स्वास्थ्य अवस्था एकदमै राम्रो बन्दछ ।

– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गर्दा आराम मिल्दछ ।

– बान्ता, हैजा आदि रोग लागेमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गर्दा शिघ्र स्वास्थ्य लाभ हुन्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु