विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा कोरोना संक्रमण बढिरहेको भएतापनि स्वास्थ्य सावधानी अपनाउने कार्य भने कम भएको छ । उद्योगी, ब्यवसायी तथा कतिपय सामाजिक अगुवाहरुले लकडाउन गर्नु नहुने र स्वास्थ्य सावधानी अपनाएर पसल ब्यवसाय नियमितता दिनु पर्ने बताएपनि यस्तो भएको पाईदैन ।

दमक नगरपालिकामा केहिदिन अघि भएको छmलफलमा पनि अधिकतम रुपमा स्वास्थ्य सावधानी अपनाएर ब्यपार ब्यवसाय गर्ने भन्ने सहमति भएको थियो । तर अहिले पसलहरु अगाडि न हाँत धुने पानीको राम्रो ब्यवस्था रहेको छ न सबै पसलमा ह्याण्ड सेनिटाइजर नै प्रयोग गरेको देखिन्छ ।

दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार बारम्बार रुपमा ब्यवसायीहरुलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । अरुलाई पनि जोगाउन र आफु पनि जोगिनका लागि स्वास्थ्य सावधानी आवश्यक रहेको छ, श्रेष्ठले भने ।

दमकमा बुधबारदेखि अपरान्ह ४ बजेबाट विहान ८ बजेसम्म निषेधाज्ञा भनिएको छ । यसको पालना पनि पुर्ण रुपमा होला या नहोला भन्ने चिन्ता रहेको छ । दमक उद्योग बाणिज्य संघ लगायतको सुझावको आधारमा नै यो निर्णय लिईएको नगरपालिकाले बताउदै आएको छ ।

दमकमा यसभन्दा अघि पनि लापरवाहीहरु हुँदै आएको थियो । खाद्य लगायतका अत्यआवश्यकीय पसलहरुमा किनमेलका लागि भिड लाग्ने तर स्वास्थ्य सावधानी नअपनाउने गरिएको भन्दै आलोचना हुँदै आएको थियो । अहिले पनिल उस्तै अवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah