रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामा आसिन रहिरहने खबर हालै प्रकाशित भएको थियो । यद्यपि, अब एक रिपोर्टमा पुटिन अर्को वर्ष जनवरीमा पद छोड्ने योजना बनाइरहेको खबर आएको छ ।

मिडिया रिपोर्ट अनुसार भ्लादिमिर पुटिन (६८) लाई उनको परिवारद्वारा स्वास्थ्य सम्बन्धि चिन्ताबीच अवकाश लिन आग्रह गरिरहेका छन् । पुटिनकी ३७ वर्षीया प्रेमिका अलिना कबाइवा र उनका दुई छोरीले उनलाई पद छोड्न भनिरहेका छन् । न्यूयोर्क पोस्टको एक रिपोर्टमा मस्कोका राजनीतिक जानकारी वलेसी सोलोवीलाई उद्धृत गर्दै भनिएको छ ।

सोलोवीले भने, ‘एक परिवार छ, त्यसको उनीमाथि निकै ठूलो प्रभाव छ । उनी जनवरीमा आफ्नो पदबाट राजिनामा दिने योजना सार्वजनिक गर्न सक्छन् । ’ राजनीतिक जानकारले दाबी गरे अनुसार पुटिन पार्किन्सन्सद्वारा ग्रसित छन् । हालैका तस्बिरमा उनको यो रोगको लक्षण देखिएको छ ।

द यूएस सनको एक रिपोर्टमा भनिएको छ, ‘पुटिनको हालैको फुटेजको अध्ययन गर्ने विशेषज्ञले उनको खुट्टा लगातार हल्लिरहेको थियो र कुर्सीको आर्मरेस्टलाई दबाउँदै उनी पीडामा देखिए । सम्भवतः औषधी भएको कप समात्दा उनका औंला काँपिरहेका थिए । ’

सोलोवीका अनुसार पुटिनले चाँडै नै एक नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्नेछन् जसलाई न्यूयोर्क पोस्टका अनुसार उनको अन्तिम उत्तराधिकारी बन्नका लागि तयार गरिनेछ । यद्यपि, राष्ट्रपतिका कर्मचारीले पुटिनले पद छोड्न लागेको योजनालाई अफवाहको संज्ञा दिँदै गलत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय