पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।

तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य रहेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सांसद भएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनले २०३३ सालमा नख्खु जेल बिद्रोह गरेका थिए। उनी २०४९ सालमा जिबिस मकवानपुर सभापति रहेर पनि काम गरेका थिए।

उनी मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।