बीबीसी । ट्रम्पका समर्थकले मतगणनामा धाँधली भएको बताइरहेका छन् । बीबीसीसँगको कुराकानीमा ट्रम्पका समर्थकले आफूलाई

बाइडेनले जितेकोमा रत्तिभर पनि विश्वास नलागेको बताएका छन् ।बीबीसी संवाददाताको एक समूहले वासिङ्टनमा जो बाइडेनका केही समर्थकलाई सोधे, ‘अब जब डेमोक्रेटिक पार्टीको चुनावमा जीत पक्का भइसकेको छ, यस्तो अवस्थामा रिपब्लिकन नेता डोनल्ड ट्रम्पका समर्थकलाई के सन्देश दिन चाहनुहुन्छ ?’ कतिले भने, ‘अबका दिनमा हरेक घरमा हुने चर्चा परिचर्चाको ढर्रा फेरिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

’एक महिला समर्थकले भनिन्, ‘मलाई विश्वास छ कि जो बाइडन हरेक अमेरिकीका राष्ट्रपति साबित हुनेछन् । जो मानिसहरु चुनावमा उनीसँग थिएनन्, उनीहरुले पनि उनीमाथि विश्वास गर्नुपर्छ ।’