अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ र जो बाइडन राष्ट्रपति–निर्वाचित भएका छन् ।

डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपति पद जोगाउन त सकेनन् नै, राष्ट्रपतिबाट हटेपछि पनि उनलाई अप्ठ्यारो पर्ने जस्तो देखिएको छ ।

उनी जेल समेत जान सक्ने सम्भावना छ ।

विशेषज्ञहरूका अनुसार, उनको कार्यकालमा भएका घोटालाहरूको अनुसन्धानले उनीमाथि राष्ट्रपति पदबाट हटेपछि फौजदारी कारवाही हुन सक्ने देखाएको छ । राष्ट्र।पति पदमा रहँदा उनीहरूविरुद्ध मुद्दा चलाउन मिल्दैनथियो ।

पेस विश्वविद्यालयमा संवैधानिक कानूनका प्राध्यापक ब्यानेट गर्शम्यानले बताएअनुसार, ट्रम्पमाथि फौजदारी कारवाही चलाउन सकिन्छ । उनीमाथि बैंकिङ कसूर, करछली, सम्पत्ति शुद्धीकरण, चुनावी धाँधली लगायतका आरोप लाग्न सक्छ ।

यसबाहेक ट्रम्पलाई आर्थिक घाटा पनि लाग्न सक्ने देखिएको छ । द न्युयोर्क टाइम्सका अनुसार, आगामी चार वर्षमा ट्रम्पले ३० करोड डलरभन्दा बढीको ऋण तिर्न बाँकी छ । उनका निजी लगानीहरूको स्थिति पनि राम्रो छैन ।
ट्रम्प राष्ट्रपतिबाट हटेपछि ऋण दिनेहरूले उनीप्रति नरमपन देखाउने सम्भावना पनि एकदमै कम छ ।

उनका आलोचकहरूले उनी राष्ट्रपति पदमा रहनु नै कानूनी तथा आर्थिक समस्याको कवच भइरहेको बताए । यो कवच हटेपछि उनलाई समस्या आउने आलोचकहरूको भनाइ छ ।

ट्रम्प चाहिँ आफूलाई शत्रुहरूले षड्यन्त्रमा फसाएको भनिरहेका छन् । राष्ट्रपति बन्नुअघि र बनिसकेपछि आफूले अपराध गरेको भनी झूटो आरोप लगाइएको उनी दाबी गर्छन् । सबै आरोपको खण्डन उनले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर