इवानमा कोमामा रहेका एक किशोर अनौठो तरिकाले होशमा आएको खबर सार्वजनिक भएको छ ।

कुल ६२ दिनसम्म कोमामा रहेका १८ वर्षीय चियू आफूलाई मन पर्ने खानाको नाम दाइबाट सुनेपछि होशमा आएका हुन् ।

उत्तरपश्चिमी ताइवानमा बस्ने चियू गत जुलाई महिनामा स्कूटर दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनका अनेकौं भित्री अंगमा चोट लागेको थियो ।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका उनको शल्यक्रिया गरियो । स्वास्थ्यमा सुधार त आयो तर उनी कोमामा पुगे । दुई महिनाभन्दा बढी समय उनी कोमामा रहे ।

उनको दाहिने मिर्गौला, कलेजो र फियोमा चोट लागेको थियो । अस्पतालमा उनको ६ पटक शल्यक्रिया गरियो ।

चियूको बलियो इच्छाशक्तिका कारण जीवन त बच्यो तर उनी कोमामा पुगे ।

कुल ६२ दिन कोमामा पुगेपछि उनका दाइले मजाककै सुरमा ‘म तिमीलाई चिकेन फिलेट ल्याउँछु’ भने । कोमामै रहँदा पनि आफूले मन पराउने खानेकुराको नाम सुनेपछि उनको पल्स रेट बढ्यो । त्यसको केही समयपछि नै उनको होश खुल्यो ।

पछि उनी पूरै ठीक भए र उनलाई अस्पतालबाट डिस्चार्ज गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर