कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेका कम्पनीहरु पिफिजर र बायोएनटेकले भ्याक्सिनको तेस्रो चरणको परीक्षण ९० प्रतिशत सफल भएको दावी गरेको छ । कम्पनीले सोमबार उक्त घोषणा गरेका हुन् । कोरोना संक्रमितले दोस्रो डोज लिएको ७ दिनमा निको भएको पाइएको छ । संक्रमितलाई पहिलो डोज दिएको २८ दिनपछि दोस्रो डोज दिइएको थियो ।

‘तेस्रो चरणको प्रारम्भिक नतिजा आइसकेको छ, कोभिड–१९ को भ्याक्सिन परीक्षण सफल भएको छ,’ पिजिफरका अध्यक्ष तथा सीइओ अल्बर्ट बोउर्लाले भने ।‘हामी कोभिड १९ को भ्याक्सिन निर्माणको महत्वपूर्ण क्षममा छौं, जसले विश्व स्वास्थ्य संकट समाधानको बाटोमा एककदम अगाडि बढेको छ,’ उनले भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाल विश्वमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ भने अस्पतालहरुमा बेड नपाउने अवस्था समेत छ । कम्पनीले सन् २०२० सम्ममा ५० करोड भ्याक्सिनका डोज उत्पादन गर्ने र सन् २०२१ मा १ अर्ब ३० करोड भ्याक्सिनका डोज उत्पादन गर्ने लक्ष्य लिएको छ ।