संसारभरी कोरोना संक्रमितको आँकडा बुधबार ५ करोड पार भएको छ । यीमध्ये ३ करोड ६३ लाखभन्दा बढी निको भइसकेका छन् । हालसम्म १२ लाख ७८ हजारले ज्यान गुमाइसकेका छन् । यो आँकडा वर्ल्डोमिटर्सको आँकडा अनुसार हो ।

अमेरिकामा संक्रमण खतरनाक स्तरमाः

जोन होपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा लगातार सातौं दिन एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म एक करोड बढी संक्रमित भेटिइसकेका छन् । अमेरिकामा गत वर्ष नोभेम्बरमा पहिलो संक्रमित भेटिएका थिए । त्यसपछि स्थिती दिन प्रतिदिन खतरनाक बन्दै गयो । राष्ट्रपति चुनावमा पनि यही मुद्दा बनेको थियो । सरकारको सबैभन्दा ठूलो समस्या भनेको अस्पतालमा भर्ना भएका गम्भीर बिरामीको संख्या तीब्र रुपमा बढ्नु हो । मंगलबार मे महिनापछि सबैभन्दा बढी बिरामी अस्पतालमा भर्ना भए । न्यूज एजेन्सीको रिपोर्ट अनुसार कूल ६२ हजार ९ सय ६४ बिरामी मंगलबार अस्पताल भर्ना भए । दुई हप्तामा ३२ प्रतिशत बिरामी बढे ।

युरोपमा अहिलेसम्म तीन लाख व्यक्तिको मृत्युः

युरोपेली देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । मंगलबार यो आँकडा तीन लाख पार भयो । फ्रान्स, जर्मनी, बेल्जियम र इटलीमा पनि संक्रमण कम भइरहेको छैन । फ्रान्समा १२ दिनपछि बिरामी कम त भएका छन् तर अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको छ । यहाँको सरकार भ्याक्सिनको प्रतिक्षा गरिरहेका ेछ तर यो प्रतिक्षा बढ्दो छ । युरोपमा विश्वको कूल जनसंख्याको १० प्रतिशत हिस्सा छ । यहाँ उत्कृष्ट अस्पताल छन् तर थुप्र बिरामीको स्थिती गम्भीर छ । लकडाउन र सामाजिक दुरीको पालना पनि यहाँ खासै गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर