अमेरिकाको भर्जिनियामा एक चिकित्सकलाई रोगीहरूमाथि अनावश्यक शल्यक्रिया गरेको आरोपमा ४६५ वर्षको कारावास सजाय सुनाइएको छ । स्त्रीरोग विशेषज्ञ डा जावेद परवेजले महिलाहरूलाई तर्साएर अनावश्यक शल्यक्रिया गर्ने गरेको पाइएपछि कडा सजाय सुनाइएको हो ।

डा परवेजले निजी तथा सरकारी बीमा कम्पनीहरूलाई लाखौं डलरको बिल थमाएर टन्न पैसा कमाएको अदालतको ठहर छ । सन् २०१० पछि उसले यस कामलाई तीव्रता दिएको बताइएको छ ।

अदालतको रेकर्डअनुसार, गर्भवती महिलाहरूलाई सिजेरियन गर्नका लागि डा परवेजले प्रेरित गर्ने गरेका थिए । हजारौं डलरको बिल उनले स्वास्थ्य बीमा कम्पनीहरूलाई थमाएर पैसा लुटेका थिए ।

परवेजले महिलाहरूलाई क्यान्सरबाट बच्नका लागि शल्यक्रिया आवश्यक छ भनी अनावश्यक रूपमा तर्साउने गरेका थिए । एफबीआईको नोरफोक फील्ड अफिसका विशेष एजेन्ट कार्ल शुमानले एक बयान दिँदै भने, ‘डा परवेजले रोगीहरूलाई स्थायी जटिलता, पीडा र चिन्ता दिने गरी शल्यक्रिया गरे अनि उनीहरूको निजताको हरण गर्दै भविष्य पनि बर्बाद पारिदिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर