झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ६का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनको झापाको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको थियो।

नगर स्वास्थ्य शाखाका सन्जय ठकुरीका अनुसार मृतकको कार्तिक २४ मा कोरोनाको थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।
बि एण्ड सी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीका अनुसार मृतकमा मृगौला रोग को पनि समस्या थियो। तर, परिवार स्रोतका अनुसार मृतकको कोरोना संक्रमण बाहेक अन्य कुनै रोग थिएन।

मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली सँग समन्वय भइरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष भैरव कुमार श्रेष्ठले जानकारी दिएका छन्।

 

शिवसताक्षी नगरमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या यो सहित पाँच पुगेको छ। वडा नम्बर ६ मा मात्रै कोरोना संक्रमण भएर तीन जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय