गृह मन्त्रालयले तिहारको बेला कोरोनाभाइरस फैलिने जोखिमलाई कम गर्न देउसी-भैलोजस्ता कार्यक्रम नगर्न आह्वान गर्दै नियम उल्लङ्घन गरे कडा कारबाही गरिने चेतावनी दिएको छ।

महामारीको अवस्थामा जो जहाँ छ त्यहीँ बसेर मनाउन र भिडभाड नगर्न उसले चेतावनी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसबीचमा झन्डै दुई दशकदेखि प्रस्तुत हुँदै आएको 'सिस्नुपानी देउसी' सङ्क्रमणको जोखिमका कारण यो वर्ष स्थगित गर्नुपरेको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए।

साथै पटका तथा आतसबाजीको प्रयोगमा र मदिरा बिक्री र सेवनमा समेत कडाइ गरिने स्थानीय प्रशासनहरूले सूचित गरेका छन्।