हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य मानिसहरुबीच यो रोगबाट जागरुकता फैलाउनु हो । परिवर्तित जीवनशैलीमा मधुमेह एक साधारण रोग हो र कोही पनि सजिलै यो रोगबाट ग्रसित हुन सक्छन् । कोरोनाको हिसाबले पनि मधुमेहलाई खतरनाक मानिएको छ । मधुमेहबाट बच्नका लागि यी संकेतलाई पहिचान गर्न निकै आवश्यक छ ।

मधुमेहको लक्षणः

मधुमेहका बिरामीको रगतमा ग्लूकोजको मात्रा सामान्य स्तरबाट धेरै बढ्ने गर्छ । यसको लक्षण सामान्यदेखि गम्भीरसम्म हुनसक्छ । टाइप वान मधुमेहमा लक्षण तुरुन्तै देखिन्छ भने टाइप टु मधुमेहमा केही दिनपछि मात्रै लक्षण देखिन्छ र टाइप टुको तुलनामा टाइप वान मधुमेह गम्भीर मानिन्छ । यी दुबै प्रकारको मधुमेहमा बिरामीमा केही यस्ता लक्षण देखिन्छन् जसलाई चेतावनीको रुपमा हेर्न सकिन्छ ।

भोक र थकाई लाग्नुः

मधुमेहका रोगीलाई छिटो–छिटो भोक लाग्छ र थकाई पनि लाग्छ । हाम्रो शरीरले खानालाई ग्लूकोजमा परिवर्तन गरिदिन्छ जसका कारण हामीले ऊर्जा प्राप्त गर्छौं तर कोसिकाले ग्लूकोज लिनका लागि इन्सुलिनको आवश्यकता पर्छ । मधुमेहद्वारा ग्रसित भएपछि शरीरमा पर्याप्त मात्रामा इन्सुलिन बन्न पाउँदैन जसका कारण शरीर सधैंभरी थाकिरहन्छ र बिरामीलाई छिटो–छिटो भोक लाग्छ ।

बारम्बार पिसाब र प्यास लाग्नुः

मधुमेहका बिरामीलाई बारम्बार पिसाब लाग्छ । ग्लूकोज मृगौलाको बाटो हुँदै शरीरमा अवशोषित हुन्छ तर मधुमेहका बिरामीको ब्लड सुगर बढेपछि मृगौलाले राम्रोसँग काम गर्न सक्दैन र बिरामीलाई बारम्बार पिसाब लाग्छ । बारम्बार पिसाब लाग्दा बिरामीलाई असाध्यै प्यास पनि लाग्छ ।

मुख सुक्नु र छाला चिलाउनुः

मधुमेहका बिरामीको मुख छिटो सुक्छ र छाला चिलाउन थाल्छ । बारम्बार पिसाब लागेपछि शरीरमा तरल पदार्थको कमी हुन थाल्छ जसका कारण मुख सुक्न थाल्छ । शरीरमा पानीको मात्रा कम भएपछि छाला चिलाउन थाल्छ ।

धमिलो देख्नुः

शरीरमा तरल पदार्थको परिवर्तनको असर आँखा पनि पर्छ । मधुमेहका बिरामीको आँखा सुन्निने गर्छ र उनीहरुले धमिलो देख्ने गर्छन् ।

संक्रमण हुनुः

मधुमेहका केही बिरामीमा छालाको संक्रमण पनि हुन थाल्छ । यसबाहेक कुनै ठाउँमा काटेको छ वा घाउ लागेको छ भने पनि निको हुन समय लाग्छ । कहिलेकाँही खुट्टा पनि दुख्छ ।

तौल कम हुनुः

मधुमेहका बिरामीले खानाबाट ऊर्जा पाउँदैनन् जसका कारण उनीहरुको तौल घट्न थाल्छ । तपाईंले खानामा कुनै प्रकारको परिवर्तन नगरेपनि तपाईंको तौल कम हुन थाल्छ ।

कहिले गर्ने डाक्टरलाई सम्पर्क ?

यदि तपाईंको पेटमा समस्या छ, बारम्बार प्यास र पिसाब लाग्छ, सास फुल्छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् । यदि तपाईंको उमेर ४५ वर्षभन्दा माथि छ भने तपाईंलाई मधुमेहको सम्भावना बढी छ, त्यसैले परीक्षण गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय