काठमाडौं, २ मंसिर । काठमाडौंको चन्द्रागिरी नगरपालिका बसुण्डोलमा भाइटीकाकै साँझ एक १४ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा थानकोट प्रहरीले एक २३ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् । घटना लगत्तै फरार लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।