मुम्बई । हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’लाई मातृशोक परेको छ । उनकी आमा धनकुमारी पराजुलीको आज बिहान निधन भएको हो ।

दम तथा निमोनियाबाट पीडित पराजुलीको उपचारको क्रममा निधन भएको कलाकार जीतु नेपालले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कलाकार देवीराम भने अहिले अमेरिकामा रहेका छन् । अमेरिकामै केही अगाडि उनले कोरोनालाई जितेका थिए ।