काठमाडौं । धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भएको’ भन्दै अख्तियारमा उजुरी परेको छ । ‘सवैला नगरवासी’ले अख्तियारको कार्यालय बर्दिबास महोत्तरीमा उजुर गरेका हुन् । पटेर्वास्थित राधेगाछीबाट कमला छड्की सम्मको माटो ग्राभेल तथा ह्युम पाईपट जडान गर्ने परियोजनामा अनियमिता भएको उजुरकर्ताको दावी छ । नगर योजना अन्तर्गत आर्थिक वर्ष ०७५/७६ मा ३७ लाख विनियोजन भएको सो आयोजनाको त्यस वर्ष पुरा भएन् ।

गत वर्षको अपुरो योजना हुबहु आव ०७६/७७ मा नगरसभाबाट स्वीकृत गराइएको थियो ।‘सो परियोजनाको लागी ठेक्कापट्टा तथा भुक्तानी गर्दा यथार्थ भन्दा अत्यन्तै फरक देखिइएको छ’ आयोगमा परेको उजुरीमा भनिएको छ– ‘काम नसक्दै रनिङ बिल मार्फत ६७ लाख निकालेर आर्थिक हिनामिना गरेको बारे छानविन गरिपाउँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रकम निकाशापछि मेयर विजय शंकर प्रसाद शाह, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, ईन्जिनियर रञ्जितकुमार यादव र सव–ईन्जिनियर रविन्द्र कुमार यादवबीच विवाद भएको बताइएको छ । विवादपछि प्रमुख प्रशासकीय अधिकृत सरुवा मागेर हिँडेका छन् ।