चीनको झाङजियाजिए निकुञ्जमा एक हजार फीट अग्लो भीरमा संसारको सबभन्दा अग्लो आउटडोर लिफ्ट बनाइएको छ । त्यसमा बसेर पर्यटकहरूले सुन्दर दृश्यको आनन्द लिन सक्छन् ।

तीनवटा डबलडेकर लिफ्टहरू भुइँबाट भीरको टुप्पोमा जम्मा ८८ सेकेन्डमा पुग्छन् । आन्तरिक पर्यटकहरू यसप्रति आकर्षित भइरहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त भीरबाट प्रभावित भएर सन् २००९ को ब्लकबस्टर फिल्म अवतारमा प्यान्डोरा नामक स्थानको सेटिङ गरिएको थियो ।

‘यहाँको भौगोलिक बनोटमा लिफ्टहरू नै यातायातको उत्तर साधन देखिएकाले हामीले बाइलोङ एलेभेटर बनाएका हौं,’ लिफ्टको व्यवस्थापन गर्ने कम्पनीका निर्देशक लिउ जिएले बताए ।

‘यसअघि यहाँ एउटा मात्र केबल कार थियो त्यसैले पर्यटकहरूले लामो समय प्रतीक्षा गरिरहनुपर्थ्यो,’ उनले भने ।

पैदलै तीन घन्टाको उकालो चढ्नु मात्र यसको विकल्प हो ।

https://video.dailymail.co.uk/preview/mol/2020/11/18/8748909907249772372/636x382_MP4_8748909907249772372.mp4