अन्तराष्ट्रिय

चीनले पहाड काटेर बनायो अनौठो लिफ्ट, बिजुलीको गतिमा हजार फीट माथि पुग्न सकिने ! (भिडियो)


  काठमाडाैं   एजेन्सी   २०७७ मंसिर ४, १६:३६

चीनको झाङजियाजिए निकुञ्जमा एक हजार फीट अग्लो भीरमा संसारको सबभन्दा अग्लो आउटडोर लिफ्ट बनाइएको छ । त्यसमा बसेर पर्यटकहरूले सुन्दर दृश्यको आनन्द लिन सक्छन् ।

तीनवटा डबलडेकर लिफ्टहरू भुइँबाट भीरको टुप्पोमा जम्मा ८८ सेकेन्डमा पुग्छन् । आन्तरिक पर्यटकहरू यसप्रति आकर्षित भइरहेका छन् ।

उक्त भीरबाट प्रभावित भएर सन् २००९ को ब्लकबस्टर फिल्म अवतारमा प्यान्डोरा नामक स्थानको सेटिङ गरिएको थियो ।

‘यहाँको भौगोलिक बनोटमा लिफ्टहरू नै यातायातको उत्तर साधन देखिएकाले हामीले बाइलोङ एलेभेटर बनाएका हौं,’ लिफ्टको व्यवस्थापन गर्ने कम्पनीका निर्देशक लिउ जिएले बताए ।

‘यसअघि यहाँ एउटा मात्र केबल कार थियो त्यसैले पर्यटकहरूले लामो समय प्रतीक्षा गरिरहनुपर्थ्यो,’ उनले भने ।

पैदलै तीन घन्टाको उकालो चढ्नु मात्र यसको विकल्प हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु