राष्ट्रिय खबर

दिउँसै बादल लागेपछि चिसो बढ्यो


  काठमाडाैं   सवाल नेपाल   २०७७ मंसिर ५, २०:२०

काठमाण्डौ – काठमाण्डाै उपत्यकासहित देशभर चिसो बढेको छ । बुधबार र बिहीबार बिहान तथा बेलुका मात्रै चिसो भए पनि शुक्रबार दिउँसोको समयमा नै चिसो बढेको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोको समयमा बादल लागेका कारण काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम घटेको छ । अहिले काठमाण्डौको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस छ । हिजो, अस्ति १९ डिग्री सेल्सियस थियो ।

काठमाण्डौको शुक्रबारकाे न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस थियो । बादल लागे पनि ठूलो प्रणाली नभएकाले तत्काल पानी नपर्ने मौसमविद् अर्यालले बताउनुभयो ।

यस्तै, अहिले देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । यसले गर्दा धेरै ठाउँमा चिसो बढेको मौसमविद्ले बताएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु