काठमाडौं । हाँस्य श्रृंखला ‘गोलमाल’ अहिले चर्चामा छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो श्रृंखला नेत्र राउतले निर्देशन गरेका हुन् । नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएका केही श्रृंखला अन्य टेलिभिजनमा गएपछि यसले चर्चा पाएको हो ।
परशुराम रिजाल निर्माता रहेको श्रृखलामा हाँस्यकलाकार पवन खतिवडा ‘म्याकुरी’, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल ‘खुईली’, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्गबहादुर पुनमगर खबपु, लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक नेत्रकै कथा रहेको श्रृंखला हरेक बिहिबार राती नेपाल टेलिभिजनमा ८ बजेर ५० मिनेटमा प्रसार हुँदै आएको छ ।



