मङ्गलवार प्रक्षेपण गरिने मानवरहित चाङ'ए-५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ। ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ।

सन् १९७६ मा सोभियत सङ्घले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ।

चन्द्रमामा सोचिएभन्दा धेरै पानी पत्ता लागेसँगै नयाँ आधार निर्माणको सम्भावना

चिनियाँ यान चन्द्रमामा सफलतापूर्वक अवतरण

चाङ'ए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो।

त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिनेछ।

उक्त यानले चन्द्रमाको 'ओशन अफ स्टोर्म्स' भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ।

लङ मार्च रकेटले चीनको अन्तरिक्षयान चन्द्रमामा प्रक्षेपण गर्नेछ

सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ'ए-५ ले सघाउने अपेक्षा विज्ञहरूको छ।

चीनले साँच्चै बनाउला 'नक्कली चन्द्रमा'?

चार वर्षभित्र चन्द्रमामा 'फेरि मानिसले पाइला टेक्ने', पहिलो चोटि महिला ‍पठाउने योजना

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो।

उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्नेयोजना बताएको छ।चन्द्रमा