बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमवार बिहान पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ग्वालिचौरतर्फ जाँदै गरेको लु१द ४३७० नम्बरको पिकअप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनका १ वर्षीय छोराको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी चौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो ।

उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah