रुसले आफ्नो समुद्री इलाकामा प्रवेश गर्ने अमेरिकी जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको छ ।

रुसका अनुसार अमेरिकी युद्धपोत जापान सागरको उसको इलाकामा प्रवेश गरेको थियो । र रुसले अमेरिकी नौसेनाको विध्वंस मच्चाउने जहाजलाई पछ्याएको जानकारी दिएको छ ।

अमेरिकी नौसेनाको यो युद्धपोत जहाजको नाम ‘यूएसएस जोन एस म्याकेन’ हो ।

रुसको दाबी अनुसार ‘यूएसएस जोन एस म्याकेन’ उसको समुद्री सीमाको ‘पीटर द ग्रेट गल्फ’ को क्षेत्रमा दुई किलोमिटर भित्रसम्म गएको थियो ।

रुसले उक्त जहाज नष्ट गर्ने चेतावनी दिएपछि उक्त जहाज आफ्नो इलाकामा फिर्ता भएको जानकारी दिएको छ ।

यद्यपि अमेरिकी नौसेनाले कुनै गल्ती गरेको अस्विकार गरेको छ र आफ्नो जहाजलाई कतैबाट पनि जान नभनिएको बताएको छ ।

अमेरिकी नौसेनाः

मंगलबारको यो घटना जापान सागरमा भएको हो । यो क्षेत्रलाई ईस्ट सी वा पूर्वी सागरको नामबाट पनि चिनिन्छ ।

रुसको रक्षा मन्त्रालयले उसको प्रशान्त क्षेत्रतर्फ युद्धपोत एडमिरल विनोग्रादोवले अन्तर्राष्ट्रिय संवाद च्यानलमार्फत् अमेरिकी जहाजलाई चेतावनी दियो ।

धम्कीमा ‘उसको समुद्री क्षेत्रमा आउने घुसपैठ गर्नेहरुलाई बाहिर गर्नका लागि शक्तिको प्रयोग गर्न सकिने’ जानकारी दिइयो ।

यद्यपि, अमेरिकी नौसेनाका सातौं तहका प्रवक्ता लेफ्टिनेन्ट जोए केलीले यो दाबीको जवाफमा भने, ‘रुसले गलत बयानबाजी गरिरहेको छ । यूएसएस जोन एस म्याककेनलाई कुनै पनि देशले आफ्नो क्षेत्रमा जान भनेको थिएन ।’

उनले भने, ‘समुद्री सीमाको विषयमा गरिएको अवैध दाबीलाई अमेरिकाले कहिले पनि स्विकार गर्नेछैन, जस्तै यो मामिलामा रुसले गरिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah