राष्ट्रिय खबर

भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्डको निर्माण द्रुतगतिमा


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ११, १६:२८

मकवानपुर । जिल्लाको भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्ड निमार्णको काम दु्रतगतिमा भइरहेको छ । संघीय सरकारको रु ३४ करोडको लागतमा सो सडकखण्ड र त्यसमा पर्ने पुल निमार्णको काम द्रुतगतिमा भइरहेको हो । रु २६ करोडको लागतमा नालीसहित पक्की सडक र रु आठ करोडको लागतमा पक्की पुल निमार्ण गर्न लागिएको छ । मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको विशेष पहलमा २६ किलोमिटर सो सडकखण्ड निमार्णको काम भइरहेको बताइएको छ ।

सडक निमार्णसँगै भीमफेदी कोगटेमा दुई वटा पुल निमार्णको काम पनि अघि बढाइएको छ । सो सडकखण्ड र पुल निर्माण कार्यको आज प्रतिनिधिसभा सदस्य खतिवडा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायत प्राविधिक टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेका छन ।

अनुगमनका क्रममा सडक र पुल निर्माणको काम द्रुतगतिमा अगाडि बढेको देखिएको सांसद खतिवडाले बताए । उनले तोकिएको समयमा नै पुल तथा सडक निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

यसैगरी भीमफेदीको गट्टेखोलामा दुई वटा पक्की पुलको निर्माण शुरु भएको छ । उक्त पुल र सडक निर्माण भएपछि स्थानीयवासीलाई आवातजावत र व्यावसायिक कारोवार गर्न थप सहजहता हुने अपेक्षा गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु