सरकारले असार ९ गते गर्ने भनेको स्थानिय तहको दोश्रो चरणको निर्बाचन लाई असार १३ गते गर्ने बिषयमा आन्तरीक तयारी गरेको छ ।

श्रोतका अनुसार असार ९ गते मुस्लिम समुदायको रमजानको बिषश दिन भएको तथा राजपाले सहमती कायम गर्न केही दिन समय माग गरेकाले निर्बाचनको समय फेरी सार्न लागिएको श्रोत बताउछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मधेसकेन्द्रित दलहरुको सहमतिमा चुनाव पाँचदिन थप पर धकेल्ने तयारी सुरु भएको हो श्रोत भन्छ । त्यसमा एमालेले पनि आपत्ति नजनाउने देखेपछि नयाँ मिति तय गरेको लगत्तै सरकारले फेरि मन्त्रिपरिषद बैठक बसेर चुनाव सार्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीका मागलाई सम्बोधन गर्दै निर्वाचनमा सहभागी गराउने गरी ३१ जेठमा हुने तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचन १० दिनपछि ९ असारमा गर्ने निर्णय गरेको छ । ब्लाष्टबाट