गुल्मी । जिल्लाको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै ज्यान गएको छ । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको छ । गाडी चालक बुद्ध बस्नेत प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए ।

प्रहरी निरिक्षक महेश्वर उपाध्यायका अनुसार दुर्घटनामा ईस्मा ४ बस्ने ६५ बर्षीय डम्वर बहादुर धिताल, ३३ बर्षीय चिवबहादुर दर्लामी, ३० बर्षीय बसन्त दर्लामी, ३घ बर्षीय धनबहादुर अछामी र ८० बर्षीय सुन्दरी अछामीको ज्यान गएको हो । त्यस्तै, दुर्घटनामा परि तीन जना घाइते भएका छन । घाइतेहरुमा इस्मा ४ का १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र २६ वर्षीय कमला धिताल रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय