मुम्बई । बलिउड निर्देशक आयान मुखर्जीले निर्देशन गरेको ‘ब्रह्मास्त्र’ भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने चलचित्र हुने भएको छ । पाँच सय करोड रूपैयाँभन्दा बढी लगानीमा निर्माण हुने यो चलचित्रको निर्माता करण जोहर रहेका छन् । ‘ब्रह्मास्त्र’ ट्रिलोजी चलचित्र हो जसमा अभिनेता अमिताभ बच्चन, रणवीर कपुर र अभिनेत्री आलिया भट्टको मुख्य अभिनय छ । फिल्ममा नागर्जुन अखिनेनी, डिम्पल कपाडिया र मोनी रोय पनि देखिने निर्माण पक्षले जनाको छ ।

‘स्टार एन्ड डिज्नी इन्डिया’ का अध्यक्ष उदय शंकरले हिन्दुस्तान टाइम्स लिडरसिप समिट २०२० मा यसबारे जानकारी दिएका हुन् । उनले भने, ‘भारतमा अहिलेसम्मकै सबभन्दा बढी लगानी भएको फिल्म हो यो । यो भारू तीन सय करोडभन्दा बढी लागतमा निर्माण हुँदैछ ।’ उनले ब्रह्मास्त्र जस्तो चलचित्रको वास्तविक अनुभूति लिन फिल्म हलकै प्रतीक्षा गर्नुपर्ने जिकिर गरेका छन् । यो चलचित्र कुनै पनि डिजिटल प्लेटफर्मबाट नभई हलबाटै सार्वजनिक गरिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

सन् २०१८ जनवरीदेखि छायांकन सुरू गरिएको यो चलचित्र गत वर्ष अगस्टमै सार्वजनिक हुने भनिएको थियो । पछि यो मिति सरेर डिसेम्बरमा सार्वजनिक हुने निर्माण पक्षले जनाएको थियो । तैपनि चलचित्र प्रदर्शनमा आउन सकेन । त्यसपश्चात् सन् २०२० मध्यतिर ‘ब्रह्मास्त्र’ प्रदर्शनमा आउने भनियो । कोरोना कहरका कारण त्यो मितिमा समेत यो चलचित्र हलमा आउन सकेन । अहिले सन् २०२०, डिसेम्बरमा यो चलचित्र प्रदर्शनमा आउने भनिएको पनि कोरोनाका कारण अनिश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय