प्रसंग भारतको मणिपुरस्थित इम्फाल निवासी कुणाल श्रेष्ठको हो । कक्षा चारमा अध्ययनरत कुणाल बैसाखीको सहारामा फुटबल खेल्ने गर्दछन् । यो भिडियो निकै चर्चामा छ ।

शरीरमा एक अंग कमी भएका ब्यक्ति आफूलाई कमजोर मान्ने गर्दछन् । तर यी बालकमा भने हौसला र आत्मविश्वासका साथ अघि बढि रहेका छन् । जन्मबाटै कुणालको एउटा खुट्टा छैन । तर उनले आफूलाई रोकेनन् अन्य बालक सरह कक्षा चार नपुग्दै बैसाखीको सहारामा फुटबल खेल्न थाले जसका कारण उनको चर्चा अहिले विश्वभर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुणाललाई फुटबल खेल्न एकदमै मन पर्दछ । उनी भन्छन्, फुटबल खेल्न मन लाग्थ्यो । खेल्न खोज्दा शुरुवातमा सन्तुलन बनाउन समस्या हुने गर्दथ्यो । त्यो बेला म निकै डराएको थिए । तर अब मैले आत्मविश्वास हासिल गरीसकेको छु । मलाई मेरो साथीको निकै धेरै सपोर्ट छ । मलाई आशा छ म चाडैँ गोल गर्नेछु ।

चर्चामा रहेको भिडियो कुणाल एक चौरमा केहि बालकहरुसंग फुटबल खेलि रहेका देखिन्छन् । सामाजिक सञ्जालमा उनको निकै प्रशंसा भएको छ । धेरैले उनलाई रियल हीरो र इन्स्पिरेशन बताएका छन् ।

https://twitter.com/ANI/status/1325975403148636161?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1325975403148636161%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.khabarhub.com%2F2020%2F02%2F223832%2F