उदयपुर । कटारी नगरपालिका–८ मर्जेतपुरको सौर्य सिमेन्ट खानीमा बम विष्फोट भएको छ। विष्फोट बिहीबार राति करिब १२ बजे बम विष्फोट भएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रबहादुर श्रेष्ठले बताए।

विष्फोटपछि भागदौड हुँदा चारजना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले जानकारी दिए। घाइतेलाई बमको छर्राले नलागेका दाहालका अनुसार बमले एउटा स्काभेटरमा क्षति भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेहरुकोे उपाचार भैरहेको छ। प्रहरीको टोली पुग्ने क्रममा रहेकाले बम विष्फोट कसले गराएको भने अहिलेसम्म खुल्न नसकेको एसी दाहालले बताए।