धनकुटाको साँगुरगढी गाउँपालिकामा लुँडो खेल्ने चार जना पक्राउ गरेका छन् । गोरखारीस्थित राईहरुको पर्व सरस्वती पूजामा लुँडो खेलिरहेका चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा साँगुरीगढी गाउँपालिका–७ बस्ने २९ वर्षीय प्रतिभा राई, सोही गाउँपालिका–९ बस्ने २६ वर्षीय सुजन राई, सुनसरी धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय प्रदिप राई र सोही ठाउँ बस्ने २४ वर्षीय मीनकुमार राई रहेका छन् ।
उक्त पूजामा लुँडो खेलिरहेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट गएको प्रहरी टोलीले उनीहरुलाई एक लाख ६० हजार रुपैयाँ र एकसेट लुँडोसहित पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका उनीहरुको अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।



