रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कोरोना महामारी फैलिएपछि गोप्य रूपमा सोची पुगेको र मस्कोमा रहेको जस्तो देखाउन त्यहाँ नै नक्कली कार्यालय बनाएको रुसको गैरसरकारी सञ्चारमाध्यमले खबर दिएका छन् ।

प्रोएक्ट मिडियाले सोमवार लेखेअनुसार, पुटिन अहिले सोचीमै बस्ने गरेका छन् । सोची कृष्णसागरमा रहेको एक शहर हो र मस्कोबाट १६ सय ९ किलोमिटर टाढा छ ।

पुटिनलाई गम्भीर रोग लागेको भनी हल्ला फैलिएको अवस्थामा उनको प्रवक्ताले कडा खण्डन गरेलगत्तै यस्तो खबर आएको हो ।

प्रवक्ता दिमित्री पेस्कोभले हालैका सातामा आएका हल्लाका पछाडि कुनै शत्रुको हात रहेको संकेत दिएका छन् ।

पुटिनलाई पार्किन्सन्सको आरम्भिक लक्षण देखिएको वा पेटको क्यान्सरको शल्यक्रिया गरेको भन्ने किसिमका अनुमानहरू गरिएका छन् ।

पेस्कोभले यस्ता अनुमान बिल्कुलै वाहियात भएको र अफवाहको पुलिन्दा मात्र भएको बताए ।

हल्लाको पछाडि कसको हात छ भन्ने सरकारलाई थाहा भएको र यो जारी रहने तर यसले पुटिनलाई चिन्तित नतुल्याउने उनले बताए ।

पुटिन सोची सरेको भन्ने समाचारमा पेस्कोभले टिप्पणी गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah