बिष्णुप्रसाद पोखरेल
दमक । सरकारले प्रस्तुत गरेको चालु आर्थिक बर्षको बजेटमा सहकारी बजार स्थपना लगायका कार्यक्रमहरु अघि सारेको भन्दै झापाका सहकारीकर्मीहरु यसको स्वागत गर्दै यसको कार्यन्वयन गरिनु पर्ने बताएकाछन् । अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषणमा सहकारी बजार स्थापना गरिने उल्लेख गरेको बताउदै यसबाट उत्पादनको क्षेत्रमा सहकारीको लगानी बढ्ने बताउनु भयो ।

सहकारीहरु उत्पादनमूलक कार्यक्रमहरुमा लागेपनि बजार नपाउदा समस्या झेल्दै आएकोमा उचित मूल्य र बजार पाएमा सहकारीका सदस्यहरुको जिबनस्तर उस्कने उहाँको भनाइ रहेको छ । सहकारीसंग हातेमालो र सहकार्य गरेर सरकारले सहकारी बजार बनाउदा आफूहरु सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।

ढकालले भन्नुभयो–‘सहकारी बजार राम्रो अवधारणा हो, यसको कार्यन्वयन गरेमा सहकारी सदस्यहरुको जिबनस्तर उकास्न सकिन्छ ।’ सहकारीहरु मार्फत उत्पादनको क्षेत्रमा लगानी बढेको बताउदै यसबाट सहकारीकर्मी थप लगानि गर्न उत्साहित बन्ने र आयातलाइ प्रतिस्थापन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘यसले हरेक क्षेत्रमा आत्मनिर्भरताको बाटो खोल्न मदत पुग्नेछ ।’

बचत तथा ऋण सहकारी संघका केन्द्रिय सदस्य तुलाराम न्यौपानेले सहकारीको बिषयमा सरकार उदासिन भइरहेका बेला चालु आर्थिक बर्षमा सहकारीलाइ ब्यवस्थित गर्नका लागि उल्लेख भएका कार्यक्रमहरु कार्यन्वयन गरिनु पर्ने बताउनु भयो । सहकारी सम्बन्धी विद्यमान कानुनी व्यवस्था समय अुनुकल सुधार गरी नयाँ सहकारी ऐन ल्याईने उल्लेख भएको भन्दै कार्यन्वयन भएमा यसले सहकारी अभियान मजबूद बन्ने जनाउनु भयो ।

जिल्ला सहकारी संघ झापाका लेखा समिति सदस्य तथा झापाका सहकारी अगुवा चुणामणि ओझाका अनुसार सहकारी तथा गरिबी निवारण सूचना प्रणाली लागू गरिने बजेटमा उल्लेख भएको भन्दै यसले सहकारीमार्फत गरिबी निवारणको परिकल्पना राज्यबाट भएको महसुस भएको बताउनु भयो । बजेटमा राम्रा कुरा आउने तर कार्यन्वयन नहुने प्रवृतीले बिश्वास भने अझै नलागेको उहाँको भनाइ रहेको छ ।

दमकका सहकारीकर्मी अरुण भण्डारीका अनुसार सहकारीहरुले सहकारी बजार स्थपनामा हदैसम्म सहयोग गर्न तयार रहेको बताउदै यसले गरिबीको रेखामुनि रहेका सहकारीका सदस्यहरुलाइ प्रोत्साहित गर्ने बताउनु भयो । सहकारीहरुले उत्पादनको बजार राम्रो भएमा जति पनि लगानी गर्न सक्ने अवस्था रहेको भन्दै सरकारले बजेट ल्याएरमात्र नहुने भन्दै कार्यन्वयन गरिनु पर्ने जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah