१९  असोज काठमाडौं ।  देवेन्द्र कोईरालाले फेसवुकमा लेखे जस्तो पहिला पहिला घरमा वा आमा केटा केटि संग संगै हुन्थे । घरमा लैनो भैसि हुन्थ्यो दहि मोहि घियु ठेकि भरि, आफैले पालेको खसि वोका घरभरि हुन्थे । खेतमा लहलह झुल्न थालेको धान, काक्रो, केरा, अम्वा लगाएतका फलफुल घरमा खाई नखाई हुन्थ्यो ।

घर नजिकै केटाकेटिलाई वनाएको पिङ्ग र अलि पर चउरमा ठुला मान्छेका लागि वनाईएको लिङ्गे र रङ्गटे पिङ्ग हुन्थे । घर घरमा जमरा उम्रेर पहेलै टिकाको दिन कुदै हुन्थ्यो । बिजुलि बत्ति थिएन टुकिले पनि घर झलल हुन्थ्यो । खरानी पानिले खोलामा धोएको कपडा रिट्ठाको गेडाले नुहाउँदा पनि कस्तो राम्रो हुन्थ्यो जिउ ।  नयाँ लुगा ल्याएर लगाउन पाउने खुशियालिमा केटाकेटि गाउँको दमै वा को मा धाउन थाल्थे ।

टहटह लागेको जुन माटाको आगन र पिडि, खरले छाएको २ पाखे १ तले सानो घर  त्यो पनि सिनेमा हल भन्दा रमाईलो हुन्थ्यो । मामाघर कुनवाटो जाने, कहिले जाने, को को जाने हान्थाप हुन्थ्यो । टिका लगाएर कति पैसा आउला भन्ने खुशिले मन नै त्यसै त्यसै फुरुङ्ग हुन्थ्यो । गाउँघरमा खुशिको एउटा समेटि नसक्नु माहोल वन्थ्यो । तर आज त्यस्तो माहोल काहाँ छ ?

वरु त्यस्तो माहोलको सट्टा सवै घरमा वुढा वा आमाको हातमा हजार पर्ने पुरानो मुवाईलको सेट छ त्यो पनि चार्ज गर्ने वत्ति छैन । कहिले आउला शहर र विदेशवाट केटाकेटीको फोन आउलाकि नआउला ? सन्चो विसन्चो के आउला ? वा आमाको ध्यान त्यतामात्र छ । त्यसैले म सोच्दैछु कस्लाई कुन मनले के को खुशियालिमा दिउँ दशै तिहार र छठको शुभकामना ?
फेस वुकमा ऋषि कट्टेलले लेख्नु भए जस्तो अहिले कसैको घरमा परिवार छैनन् ।  यति सानो देशका पौने तिन करोड जनसंख्यामा ४० लाख भन्दा बढि त्यो पनि गरि खाने उमेरका केटाकेटि विदेशमा छन ।  त्यस मध्य अधिकाँश त दशै मान्दै नमान्ने मलेशिया र खाडि मुलुकमा छन । विदेशि भुमिमा आफ्ना केटाकेटीहरु विमार परेको, खर्च विना विचल्लिमा परेको, जेल परेर फासि तोकेको छ रे भन्ने जस्ता समचार आएको आयै छ ।

जसको घरमा साना केटाकेटी छन दिनभरि काम गर्यो बेलुका घरमा खाने खर्च छैन, आङ् ढाक्ने टालो र सुत्ने पालि छैन । दुख पिडा र ऋणमात्र छ खुशि छँदै छैन । यता भुकम्पले भत्केको घर आफन्त गुमाएको परिवार च्यात्तिएको पाल मुन्तिर रात काटि रहेको छ । घरमा खुशिको सट्टा विमारि र औषधिको चाङ्ग छ ।

सर्बाहाराको कुरा गरेर नथाक्ने कमन्युस्ट सरकार छ । नाका वन्दिले थलिएको मुलुक नालाएक नेता र सरकार आफ्नो वारेमा मात्र सोच्दछ । वाटोघाटो हिड्न र गाडि गुडाउन हुने अवस्थामा छैन । गाडिहरु भिरवाट खस्ने र नदिमा डुव्ने क्रम दिन दिनै जारि छ । गाउँमा जानेलाई गाडिको टिकट छैन कयौ दिनको लाईन छ । नयाँ नोट साट्न राष्ट्रवैंक वाट प्रसुतिगृहसम्मको ताँति त्यो पनि राति ३ वजेदेखि समाचारहरुले प्रशारण गरि रहेको छन ।

वैंक र साहुको ऋणले फोनको ताकेता लगेको लाग्यै छ । जो संग सम्पन्नता छ उ संग विवेक छैन अझै पुगेन भनेर असन्तुष्टिले छटपटाई रहेको छ । गाउँ घर सहरमा जो वाँकि छ उ काटमार रक्सि र जुवाको मातमा व्यस्त भैसकेको अवस्था छ । योग साधना ध्यान धर्म र आनन्दको मार्गमा लाग्न कोहि तयार छैन त्यसैले त्यसै त्यसै घोत्लिदै छु शुभकामना लेखुँ कि नलेखुँ ? नलेखुँ भने सवैको आएको आयै छ लेखुँ भने कुन मनले कसरि लेखु ? तै पनि सबै सबैमा हार्दिक शुभ कामना सबैमा सुखा शान्ति र आनन्द छाओस । जय होस सबैको । मेट्रो दैनिक बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय