राजनीतिक विश्लेषक भरत दाहाल लेख्नुहुन्छ -देशद्रोहीहरु विदेशी मिशनमा एकदमैं स्पष्ट र दृढ छन्
नेपालीहरु अब पनि यीनीहरुप्रति स्पष्ट हुने कि नहुने ?

राष्ट्रपतिले नागरिकता विधृयकका बारेमा दर्जन जति प्रश्न उठाएर पुनर्विचारका लागि फिर्ता पठाएको यथार्थतालाई केही होईनझैं गरेर ईण्डो-पश्चिमाहरुको पेशेवर दलाल गठबन्धन झुण्डले फेरी जस्ताको तस्तै पठाउने सहमति गरेको कुरा सार्वजनिक भैसकेको छ। देश विरुद्ध परिचालित भाडाका अपराधिहरु आफ्नो मिशनमा दृढ छन् भन्ने कुरा यसैबाट पनि देखिन्छ।

एउटा देश विरोधि कित्ताले कसैका जायज कुराहरु सुन्न पनि चाहँदैन भने नेपालीहरु यीनीहरुका कुरै नसुन्ने गरी आफ्नो धारणामा दृढ हुने कि नहुने ? शत्रु कित्ताले आफ्नो मिशनका लागि जे पनि गर्न तयार छ भने नेपालीहरु यीनीहरुमाथि जे पनि गर्न तयार हुने कि नहुने ? यो प्रश्नको उचित र न्यायपूर्ण जबाफ प्रत्येक नेपालीले नखोजिनहुने अवस्था आएको छ।

नेपालको भू-राजनीतिमा ईण्डो-पश्चिमा साम्राज्यवादको कसिलो पकड खुकुलो बन्दै जान थालेपछि त्यसले कुहिएर चार दिशामा झरपष्ट भएका झारपातहरुलाई एउटै चुनाव चिन्हमा फेरी खेरखार पार्न थालेको छ। त्यसको मिशन पुनः यस्ता झारपातहरुलाई एउटै थुप्रो बनाउने हो। सबैलाई जोडेर जबर्जस्ति गर्नका लागि शक्ति सञ्चय गर्नु त्यसको एक मात्र अभिष्ट हो।

अपराधको पेशा गर्नेहरुसंग गनासो र छलफलबाट कुनै निष्कर्ष आउँदैन। नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो। नेपालीहरुलाई शरणार्थी बनाएर नेपालभित्र विदेशीहरु भर्ने गुरु योजनाको अभिन्न अंगका रुपमा अघी बढाईएको नागरिकता विधेयक र यसलाई पारित गर्ने देशमाराहरुका विरुद्ध लड्ने संकल्प नलिने मानिस नेपाली नागरिकपनबाट च्यूत भैसकेको ठहरिन जान्छ।

साभार: राजनीतिक विश्लेषक भरत दाहालको वालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor