एमपीको इन्डोरमा ठूलो ड्रग्स रेकेटको खुलासा भएको छ । यसै साता उक्त गिरोहका ८ जना पक्राउ परेका छन् । इन्डोरमा गिरोहकी सरगना प्रिती जैन पनि प्रहरीको फन्दामा परेकी छन् ।
पक्राउपछि प्रहरीले प्रिती जैनका बारेमा जानकारी जुटाउन थालेको छ । हालसम्म प्राप्त जानकारी अनुसार ६ वर्षअघि उनी आफ्नो छोराका साथ पुणेबाट इन्डोर आएकी थिइन् । यसै अवधिमा उनले करोडौंको सम्पत्ति जोडेकी छन् । इन्डोरको भिभिआइपी इकाकामै उनको शानदार घर छ ।
प्रदेशमा फैलिरहेको ड्रग्सको जालोबारे मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि गम्भीरताका साथ दिएका छन् । मुख्यमन्त्री चौहानले ड्रग्स माफियासँग लड्न अधिकारीहरुसँग इमरजेन्सी बैठकसमेत बोलाएका छन् । मुख्यमन्त्रीका साथमा भएको यस बैठकमा राज्यका तमाम वरिष्ठ अधिकारी र १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु पनि छन् ।
यसै दौरान भूमाफियाजस्तै ड्रग्स माफियामाथि पनि नियन्त्रण गर्न कडा एक्सन लिने बताइएको छ । इन्डोरकी ड्रग्सवाली जैन केसमा मुख्यमन्त्रीले डिजिपीलाई जाँच गर्न निर्देशन दिएका छन् । बिहीबार आइजी आफैंले विजयनगर थानामा सोधपुछ गरेका छन् ।
हरेक पपको सदस्य
प्रहरीसँगको सोधपुछका क्रममा कैयौं डरलाग्दा रहस्य बाहिरिएका छन् । शहरका हरेक पपमा उनले फरक फरक नामबाट सदस्यता लिएको पाइएको छ ।
पपमा गएर नयाँ नयाँ युवतीलाई आफ्नो ग्राहक बनाउने गरेको खुलेको छ । साथै उनीहरुलाई ड्रग्स दिने गरेकी थिइन् । प्रिती जैनको साथबाट प्रहरीका कैयौं परिचयपत्र पनि बरामद गरिएको छ । जसलाई उनले फरक फरक नामबाट बनाएकी थिइन् । मध्यरातसमम ग्राहकको चक्करमा उनी महिला पप पार्टी गर्ने गरेको पनि पाइएको छ ।
दुई सय युवती ग्राहक
हालसम्मको जानकारी अनुसार इन्डोरमा मात्रै दुई सय युवती उनकी नियमित ग्राहक थिइन् । उनले पप र गल्र्स होस्टेलमार्फत उनीहरुलाई फसाएकी हुन् ।
युवती एमडी ड्रग्स र कोकिनको एडिक्ट भएको पाइएको छ । जानकारीअनुसार उनले चारवटा मोबाइल फोन चलाउने गरेको भए पनि अहिलेसम्म प्रहरीले दुईवटा मोबाइलमात्रै फेला पारेको छ । आइतबार अदालतमा प्रस्तुत गर्ने तयारी गरिएको प्रहीले जनाएको छ ।
अन्य देशमा पनि सञ्जाल
जैनले ब्राजिल र नाइजेरियाका तस्करबाट ड्रग्स खरिद गर्ने गरेको पाइएको छ । पति र छोराको सहयोगमा दिल्ली, मुम्बई र गोवामा पनि उनको सञ्जाल फैलिएको छ ।
केस निकै हाइ प्रोफाइल भएको प्रहरीले बताएको छ । यसैकारण प्रदेशका आइजी देशमुख आफैं यो केसलाई मनिटरिङ गरिरहेका छन् ।
शहरका हाइप्रोफाइल व्यक्तिसँग उनको सम्पर्क रहेको पाइएको छ । प्रहरीले छिट्टै उनको ७९ नम्बरस्थित रहेको भवनमा पनि छानबिन गर्ने भएको छ ।
६ वर्षअघि उनी पुणेबाट इन्डोर आएकी थिइन् । शुरुमा उनले जग्गा कारोबारमा काम गरिन् । जग्गा कारोबारी कम्पनि उनका लागि माध्यम बनेको थियो । पति दीपक जैन पुणेमै बस्ने गर्थे । करोडौंको कमाइपछि जैनले स्कीममा घर खरिद गरेकी थिइन् । देह व्यापारका आरोपी सेन्डोसँग पनि उनको नाम जोडिएको पाइएको छ ।



