अभिनेता शाहरुख खान फिल्म शूटिंगका क्रममा घाइते भएका छन् । आनन्द एल रायको फिल्मको शुटिङको बीचमा फिल्म सुटिङको शेटमा भएको दुर्घटनामा परि शाहरुख खान घाइते भएका छन् । उनीसँगै अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा शाहरुख खानको ज्यान बल्लतल्ल बचेको आजतकले जनाएको छ ।

जुन बेला शाहरुख खान सुटिङका लागि सेटमा उपस्थित थिए । त्यतिखेर सेटको छत खस्यो र ठूलो हिस्सा भुइमा झ-यो ।

उक्त दुर्घटनामा घाइते भएका २ जना घाइते भएका थिए । घाइतेलाई तुरुन्त अस्पताल लगिएको थियो । शाहरुखको धेरै चोट आएको छैन । मुम्बइको फिल्मसिटीमा यस फिल्मको सेट बनाइएको थियो । हादसाका कारण फिल्मको शूटिङ स्थगित भएको थियो ।

आनन्द एल रायको यस फिल्ममा शाहरुख खान पुड्को मानिसको चरित्रमा छन् । यस फिल्ममा कटरीना कैफ तथा अनुष्का शर्माको पनि अभियन देख्न पाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय