जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन् । सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको आशङ्कामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले बताउनुभयो ।सोमबार राति छ जनाको अज्ञात समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले बताएको छ । बम विस्फोटपछि जिल्ला प्रहरी, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जङ्गल आसपास बम विस्फोट गराउनेको व्यापक खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटरसहित पेट्रोलको ड्रममा क्षति हुँदा रु १० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुमन्त कोइरालाले बताउनुभयो ।
क्रसर उद्योगमा बम विस्फोट गराएको आराेपमा ३ जना पक्राउ
सवाल नेपाल संवाददाताबुधबार, १ पुस २०७७

क्रसर उद्योगमा बम विस्फोट गराएको आराेपमा ३ जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



