एजेन्सि । अमेरिकी कम्पनी अमेजनले भर्खरै त्यस्तै नयाँ प्रविधि सार्वजनिक गरेको छ। अमेजनको सेल्फ ड्राईभिङ भेइकल कम्पनी ‘जुक्स’ले गत डिसेम्बर १४ मा ‘सेल्फ ड्राईभिङ रोबो ट्याक्सी’ सार्वजनिक गरेको भारतिय संचार माध्यम जि बिजले जनाएको छ। यो रोबो ट्याक्सी पुर्ण रुपमा विद्युतीय हो । यसमा स्टेरिङ छैन। ४ जना प्यासेन्जर आमुन्नेसामुन्ने बस्न मिल्ने गरी सिट तयार पारिएको छ। यसमा चालकको लागि सिट छैन।

यो रोबो ट्याक्सी प्रतिघण्टा ७५ माइल अर्थात १२०।७० किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ । यो फुलचार्जमा १६ घण्टासम्म चल्न सक्छ। सुरक्षाको लागि यसमा चारवटै सिटमा एयरब्याग राखिएको छ। यसको बाहिरपट्टी चारवटै कुनामा क्यामरा, र्याडर, लिडर सेन्सर राखिएको छ, जसको मद्धतले ट्याक्सीले सडकमा २७० डिग्रीमा नजर राख्न सक्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो गाडीको टेस्टिङ सर्वप्रथम लस भेगस, सोस्टर सिटी र सानफ्रान्सिस्कोमा गरिने अमेजनले जनाएको छ। यो रोबो ट्याक्सीमा रहेका केही फिचर्सको कारण अल्फाबेटको वेमो, जिएमको क्रुज, उवर र टेस्लाका गाडीको सेल्समा पनि असर गर्न सक्ने अनुमान गरिएको छ।