काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक बोलाएका छन् । बिहीबार साँझ साढे ५ मा संवैधानिक परिषद्को बैठक बोलाइएको हो । बुधबार (हिजो) नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले आज परिषद्को बैठक बोलाएका हुन् ।

बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट नआएका बेला प्रधानमन्त्री ओलीले बैठक बोलाएपछि शंकाका दृष्टिले हेरिएको छ । बैठक बोलाउनुको कारण पनि खुलाइएको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकमा बोलाइएको काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । तर काँग्रेस सभापति देउवा भने बैठकमा नजाने लेखकको भनाइ छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई भने बैठकबारे जानकारी नआएको बुझिएको छ। सभामुख सचिवालयका सदस्य श्रीधर न्यौपानेले बैठकबारे जानकारी नभएको बताए । यस्तै आज साँझ नै मन्त्रिपरिषद्को बैठक समेत बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah