अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना महामारीका बेला आफ्नी छोरीका ब्वाइफ्रेण्डलाई आफ्नो घरमै बस्न दिएको बताएका छन् । एक जवान पुरुषले अधिक खाना खानाले आफ्नो खर्च पनि ३० प्रतिशतसम्म बढेको बताएका छन् ।
एक शोमा ओबामाले भने, ‘कोरोना महामारीको शुरुवाती दिनमा मेरी छोरी मलियाका ब्वाइफ्रेण्ड हाम्रो परिवारको साथमै क्वारेन्टिन बसेका थिए ।’ मलिया ओबामाकी जेठी छोरी हुन् । उनको उमेर २२ वर्ष भएको छ । उनको ब्वाइफ्रेण्डको नाम रोरी फर्कुहर्सन हो ।
आबामाले मलियाका ब्वाइफ्रेण्ड रोरीको बारेमा भने, ‘भिषालाई लिएर कैयौं कुराहरु थिए । यसकारण हामीले उनलाई आफ्नो परिवारको साथ बस्न दियौं । म पनि उनलाई राम्रो मान्दिनथेँ । तर उनी निकै इमान्दार र बुझ्ने खालका छन् ।’
ओबामाले क्वारेन्टिनका बेला छोरीहरु मलिया, साशा र रोरीका साथ निकै राम्रो समय बिताएको बताएका छन् । आबामाले यी व्यक्तिहरुलाई कार्ड खेल खेल्न पनि सिकाएका छन् ।
उनले भने, ‘रोरीको डाइट मेरी छोरीहरुको भन्दा निकै भिन्न थियो । उसलाई खाइरखेको देख्दा बहुत अजिब लाग्थ्यो । यसमा घरको खर्चमा ३० प्रतिशतसम्म बढेको थियो ।’ न्यूयोर्क पोस्टका अनुसार मलिाया ओबामा र रोरी फर्कुहर्सन २०१७ मा हार्वर्डमा पढाइका दौरान भेटिएका थिए ।



