इडीएफको आयोजनामा आज पुष ०४गते शनिवार का दिन " युवा र राजनीति" विषयमा अन्तरक्रियात्मक कार्यक्रम युवा को उत्साहपुर्ण सहभागीतामा सफलता पुर्वक सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अतिथि आकर्षक का रुपमा पुर्व सविधानसभा सदस्य माननीय दिपक कार्की ज्यु , विशेष अतिथि नेकपा झापा जिल्ला कमिटी सदस्य अम्बिका खनाल, लिला ढुंगेल दाहाल र अतिथी हरु को रुप मा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य डम्बर अधिकारी, अनेरास्ववियु जिल्ला कमिटी सदस्य समर्पण खतिवडा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम को सभापति प्रविण पाठक र सञ्चालन देशराज नेम्वाङले गर्नु भएको थियो।
कार्यक्रम २ सत्र मा सन्चालन गरिएको थियो पहिलो सत्रमा स्वागत मन्तव्य मा कार्यक्रम बारे प्रकाश पार्दै कार्यक्रम संयोजक संजय शाहले मन्तव्य राख्नु भएको थियो । त्यसै गरि विशेष अतिथि ले युवा र राजनीति विच सम्बन्ध प्रस्तुत गर्दै पूर्वको झापा मा अन्य केपी ओलि जस्तैः नेतृत्व जन्माउन हामी अग्रसर र कसरत गर्नुपर्ने जनाउनु भयो। त्यसै गरि अनेरास्ववियु केन्दिरिय कमिटी सदस्य डम्बर अधिकारीले विद्यार्थीहरुका हकहितका लागि अनेरास्ववियु ले आफ्नो क्षेत्र बाट निभाउदै आएको भुमिका र राजनीतिक क्षेत्रमा पुर्याउदै आएको योगदान बारे मा प्रष्ट भएको थियो ।साङगितिक प्रस्तुति का रुपमा आवाज ले आफ्नो प्रस्तुति राख्नु भएको थियो।
दोस्रो सत्रमा भने खुल्ला बहस सन्चालन गरिएको थियो । जसमा युवा हरु को राजनीति प्रती को विचार , जिज्ञासा् र युवाहरु को राजनीति प्रती को सोच, असन्तुष्टि बारेमा खुल्ला बहस गरिएको थियो र उक्त बहस को सहजीकरण प्रमुख अतिथि आदरणीय दिपक कार्की ज्यु बाट भएको थियो। अन्तमा कार्यक्रम समापन गर्दै कार्यक्रम सभापति प्रविण पाठकले युवाहरु को क्षमता विकास र राजनीति क्षेत्रमा युवा हरु लाई अग्रसर बनाउन इडीएफ परिवार बाट अन्य येस्तै किसिम को कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।










