बलिउड अभिनेत्री कंगना रनोटले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको दाबी गरेकी छन् । भारतमा जारी किसान आन्दोलनलाई ‘राजनीतिबाट प्रेरित’ भएको बताउँदै आलोचना गरेको कारण आफूले १०–१२ दिनदेखि भावनात्मक र मानसिकरुपमा ‘अनलाइन लिंचिङ’ को सामना गर्नुपरिरहेको कंगनाले दाबी गरेकी छन् ।

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै कगनाले प्रियंका चोपडा र दिलजीत दोसांझमाथि निशाना साधेका छन् । उनले भनेकी छन््, ‘उनीहरुले पटक–पटक आफ्नो देशभक्ति किन पुष्टि गर्नुपर्छ जबकि प्रियंका चोपडा र दिलजीत दोसांझजस्ता कलाकारहरुसँग कहिले पनि उनीहरुको नियतबारे प्रश्न गरिँदैन ।’

उनले भनिन्, ‘मैले वचन दिएको थिएँ जब किसान आन्दोलनको सत्य उजागर हुनेछ, शाहीन बागको जस्तै, तब तपाईंहरुसँग कुरा गर्नेछु । के यो देशमा प्रश्न गर्नु मेरो अधिकार होइन ? जबकि प्रधानमन्त्री नरेन्द्र मोदीले सबै कुरा स्पष्ट पारी सकेका छन् । तब कुनै प्रकारको सन्देह बाँकी रहँदैन । यसबाट पुष्टि हुन्छ कि यो आन्दोलन राजनीतिबाट प्रेरित छन् र यसमा आतंकवादी पनि भाग लिइरहेका छन् ।’

उनले थपिन्, ‘यो देशमा के भइरहेको छ ? साथीहरु हामी आफूले आफूलाई विदेशी शक्तिको अगाडि किन कमजोर बनाइरहेका छौँ ? मैले मेरो नियतको बारेमा हरेक दिन कुरा गर्नुपर्छ । एक देशभक्तलाई कयौँ कुरामा स्पष्टिकरण दिनुपर्छ । तर, दिलजीत दोसांझ र प्रियंका चोपडासँग उनको नियतबारे कसैले प्रश्न गर्दैनन्, उनीहरुका रणनीति के हो ? जबकि म देशको पक्षमा कुरा गर्दा ममाथि राजनीतिको आरोप लाग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah