रुसमा एक अर्बपति व्यापारीकी छोरीको निकै अग्लो भवनबाट खसेर ज्यान गएको छ । उनको निधनमा रुसी मिडियाले कुनै आपराधिक षड्यन्त्र भएको हो कि भन्ने अडकलबाजी गरिरहेका छन् । यद्यपि, १९ वर्षकी वलेरिया शापिलेन्कोका पिताले कुनै षड्यन्त्र नभएको बताउँदै मानिसहरुलाई यस्ता अफवाहमाथि ध्यान नदिन अपिल गरेका छन् ।

‘टेक्नो पार्कों’ नेटवर्कका मालिक तथा मृतक युवतीका पिताले छोरी एक निकै अग्लो भवनको आफ्नो बेडरुमबाट खसेको जानकारी दिएका छन् । यसैका कारण उनको मृत्यु भएको र यसमा आपराधिक षड्यन्त्र नभएको स्पष्टिकरण दिएका छन् ।

१९ वर्षकी वलेरिया शापिलेंकोको शव टावर ब्लकस्थित अपार्टमेन्टको मुनि पाइएको थियो । अनुसन्धान एजेन्सीले यो हाई प्रोफाइल मृत्युका ेअनुसन्धानमा जुटेको जानकारी दिएको छ । पिताले रुसी मिडियासँगको कुराकानीमा आफ्नी छोरीको १९ औं जन्मदिनको ठिक अघिल्लो दिन दिउँसो १ बजे भएको मृत्युमा कसैको पनि षड्यन्त्र नभएको जानकारी दिएका छन् ।

रिपोर्टका अनुसार पिताले दिएको जानकारी अनुसार उनले छोरीको चिच्याहट सुनेका थिए र जब उनी उनको बेडरुममा गएका थिए तब झ्याल खुल्ला थियो । प्रहरीका अनुसार टावरको मुनी उनको शव भेटिएको छ । उनले भने, ‘यो मेरो र मेरो परिवारका लागि निकै मुश्किलको समय हो, गलत सूचना फैलनबाट जोगिनका लागि मैले मानिसहरुलाई यो सन्देश दिन बाध्य हुनुपर्यो ।’

उनले भने, ‘मैले देखिरहेको छु कि केही मिडिया संस्थानले सूचनाको गलत व्याख्या गर्ने कोसिस गरिरहेको छन्, यसलाई विकृत र एक आपराधिक घटनाको रुपमा पेश गर्ने कोसिस गरिरहेका छन् । ’

प्रहरी स्रोतले पनि सुरुवाती अनुसन्धानमा संघर्षको कुनै पनि निशान नभेटिएको बताएको छ । तर अनुसन्धान भने जारी राखेको छ ।

उनको बेडरुमबाट कुनै सुसाइड नोट नभेटेको र साथीहरुले पनि यो आत्मघाती हुनसक्ने कुनै संकेत नभेटेको बताएका छन् ।

उनका पिताले छोरीबारे कुरा गर्दै भने, ‘उनी एक परी, एक आदर्श छोरी र संसारको सबैभन्दा दयालु, सहानुभूतिपूर्ण व्यक्तित्व भएकी युवत थिइन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah