भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन माग राखेर लगातार संसद बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने भएको छ ।

एमालेले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने भएको हो । शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । संसद सचिवालयले जारी गरेको सूचनामा आइतबार बिहान ११ निर्वाचनका लागि समय तय गरिएको छ ।

पूर्वसभामुख समेत रहेका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदको अवरोध कायमै रहेका बेला निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने र आफूहरुले उम्मेदवारी पनि नदिने बताए । ‘मेरो विचारमा संसदमा अवरोधका बीचमा निर्वाचन गराउन मिल्दैन होला’,  नेम्वाङले भने, ‘भरतपुरको मतगणना सुरु नभएसम्म हामी संसद चल्न दिँदैनौं ।’

नेम्वाङले भोलि (आइतबार) सभामुखले प्रधानमन्त्री निर्वाचन कार्यक्रम सुरु भएको घोषणा गर्नासाथ संसदमा अवरोध गर्ने भएकाले निर्वाचन नहुने स्वष्ट गरे । ‘हामीले संसद खुल्ने वातावरण बनाउनुस्, त्यसपछि हामी पनि प्रक्रियामा सहभागी हुन्छौं भनेका छौं’, उनले भने, ‘सत्तापक्षले अटेर गरेका भोलि मुलुकले नयाँ प्रधानमन्त्री नपाउने निश्चित छ ।’

प्रतिपक्षको अवरोधबीच प्रधानमन्त्री चयन गरिए नेपालको संसदीय इतिहासमा आइतबारको दिन दुर्भाग्यपूर्ण दिन हुने उनको टिप्पणी छ । नेम्वाङले आफूहरुको सुझावविपरित सूचनामार्फत प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेकाले आइतबारसम्म दलहरुबीच सहमति प्रयासका लागि छलफल नहुने समेत स्पष्ट गरे ।

‘सूचना नै टाँस गरिसकेपछि छलफलको पनि औचित्य रहेन, हामी त्यस्तो औपचारिकताका लागि मात्र गरिने छलफलमा जाँदैनौं पनि ।’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पनि आइतबार संसद अवरुद्ध हुने बताए । ढकालले भने–‘संसदबाट चुनिनुपर्ने प्रधानमन्त्रीका लागि बाहिरै सूचना टाँसेर जगत हसाँउने काम भएको छ ।

सूचना टाँसेजस्तै गरी बाहिरैबाट प्रधानमन्त्री घोषणा गरे मात्रै हो, नयाँबानेश्वरको संसद भवनबाट भोलि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न गाह्रै छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुन लागेको हो । काँग्रेस–माओवादी पूर्वसहमतिअनुसार सत्ता गठबन्धनका तर्फबाट  काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा उम्मेदवारी दिने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतीय सरकार गठनका लागि दलहरुलाई दिएको समय बिहीबार सकिएपछि धारा २९८ कै उपधारा (३) बमोजिम बहुमतीय सरकार गठनका लागि बिहीबारै व्यवस्थापिका–संसदमा  पत्र पठाएकी थिइन् ।

सभामुख घर्तीले शुक्रबार बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमालेले प्रधानमन्त्री निर्वाचनसहित कुनै पनि कार्यसूची अगाडि बढ्न नदिने चेतावनी दिएको थियो ।

संसदलाई छलेर सूचनाद्वारा प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah