हालैमात्र रोयटर्सले एउटा सनसनीपूर्ण खबर सार्वजनिक गर्‍यो । जसअनुसार सन् २०२४ सम्ममा एप्पलले ब्याट्रीबाट चल्ने पहिलो कार उत्पादन गर्नेछ ।

यहीँ समाचारको पृष्ठभूमिमा विश्वका दोश्रो धनी अर्बपति तथा कार निर्माता कम्पनी टेस्लाका सीईओ एलोन मस्कले एउटा रोचक तथ्यको खुलासा गरेका छन् ।

मस्कले ट्वीटरमार्फत् गरेको खुलासा अनुसार उनले कुनैबेला आफ्नो कम्पनी टेस्लालाई बेच्न चाहेका थिए । त्यसका लागि उनले एप्पल सीईओ टिम कुकलाई भेटघाटका लागि गुहारे । तर एप्पल सीईओ उनीसँग छलफल गर्न चाहेनन् अर्थात् मस्कलाई भेटका लागि समय दिएनन् ।

मस्कले भनेका छन्, ‘मोडेल थ्री कार्यक्रमको सर्वाधिक अँध्यारा दिनहरुमा मैले टेस्ला कम्पनी खरिद गरिदिन अनुरोध गर्नका लागि टिम कुकसँग सम्पर्क गरेँ । तर उनले मसँग भेट गर्न अस्वीकार गरे । मैले कम्पनीको हालको मूल्यको १० प्रतिशत मूल्यांकनमै त्यो बेला टेस्ला बेच्न चाहेको थिएँ ।’ टेस्ला कम्पनीको अहिलेको बजार मूल्य ६ खर्ब १६ अर्ब डलर छ ।

यद्यपि मस्कले कम्पनी बेच्नका लागि कहिले एप्पल सीईओसँग छलफलको प्रयास गरेका थिए भन्ने कुराचाहिँ आफ्नो ट्वीटमा खुलाएका छैनन् । यद्यपि त्यो घटना सन् २०१५ ताकाको भएको हुनसक्ने बताइन्छ ।

मस्कले रोयटर्समा आएको समाचारमा एप्पलले आफ्ना कारमा प्रयो गर्ने ब्याट्रीका सम्बन्धमा गरिएको दाबीका विषयमा समेत जवाफ दिएका छन् ।

एप्पलले आफ्ना कारमा मोनोसेल ब्याट्री प्रयोग गर्ने बताइएको छ । मस्कले भनेका छन्, ‘यदि त्यसो हो भने अनौठो भयो । हामीले हाम्रो सांघाइस्थित कारखानाबाट उत्पादन हुने मध्यम श्रेणीका कारमा आइरन फोस्फेटको प्रयोग गरिसकेका छौँ ।

मोनोसेल विद्युतरासायनिक कुराले असम्भव छ । किनकी यसमा अधिकतम भोल्टेज ञ्ज्ञण्ण्हृ हुन्छ, जुन निकै कम हो ।’

एप्पलले कार निर्माण गर्ने खबरप्रति एलोन मस्कले जनाएको प्रतिक्रियाबाट पनि के बुझ्न सकिन्छ भने एप्पलको आगामी कार टेस्लाको प्रमुख प्रतिस्पर्धी हुने पक्का छ । उसो त पछिल्ला केही वर्षयता टेस्ला कम्पनी उच्च पदस्थ कर्मचारीहरु समेत एप्पल कम्पनीमा प्रवेश गर्ने क्रम जारी छ । टेस्लाका इन्जिनियरिङ विभागका प्रमुखसमेत एप्पल प्रवेश गरिसकेका छन् ।

स्मरण रहोस् एलोन मस्कले एप्पलमाथि टेस्लाको चिहान भएको आरोपसमेत लगाइसकेका छन् । उनले सन् २०१५ को एक अन्तरवार्तामा भनेका थिए, ‘यदि तपाईंले टेस्लामा काम गर्न सक्नुहुन्न भने तपाईं जाने ठाउँ एप्पल हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah