काठमाडौं । भारतको अलवरस्थित नावली गाउँमा अन्धविश्वासका कारण ११ वर्षका बालकलाई बलि दिइएको छ ।

बालकको शव आईतवार विभत्सरुपमा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको नाक, कान काटिएको अवस्थामा शव भेटिएको थियो । आँखामा काजल लगाइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पिता रघुवीर बैरवाले पुलिससँग गाउँमा ढोंगी बाबा कालू बैरवासमेत अन्य मानिसविरुद्ध केस दर्ता गराएका छन् ।

बालक शनिवार घरबाट बेपत्ता भएका थिए ।

भोलिपल्ट बालकको शव क्षतविक्ष्८ात अवस्थामा भेटिएको थियो ।

अहिले घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।