भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार कोरोनाभाइरसको विषयमा भारतले एकजुटताका साथ समयमा नै प्रभावकारी कदम उठाएका कारण आज भारत यस्तो राम्रो स्थितीमा हुन सकेको बताएका छन् ।

उनले कोरोनाबाट पीडित मानिसहरुललाई बचाउने भारतको रेकर्ड संसारको सबैभन्दा उत्कृष्ट भएको बताउँदै संक्रमणको मामिलामा पनि भारत अब लगातार ओरालो लागिरहेको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोदीले भिडियो कन्फरेन्सिङमार्फत् गुजरातको राजकोटमा एम्सको शिलान्यासको मौकामा सो कुरा भनेका हुन् । उनले भने, ‘वर्षको यो अन्तिम दिन भारतका लाखौं डाक्टर, स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य फ्रन्ट लाइन कोरोना वारियर्सलाई याद गर्दै छु । उनीहरुले मानवताको रक्षाका लागि लगातार आफ्नो जीवन दाउमा लगाइरहेका छन् ।’

मोदीले ६ वर्षमा १० नयाँ एक्समा काम सुरु भइसकेको जसमध्ये थुप्रैले अहिले काम पनि गर्न थालिसकेको बताए । प्रधानमन्त्रीले कोरोनाको विषयमा भने, ‘मैले अहिलेसम्म भन्दै आएको थिएँ कि जबसम्म दबाई छैन तबसम्म ढिलाई छैन अब फेरि भनिरहेको छु कि दबाई पनि कडाई पनि ।’

https://twitter.com/AHindinews/status/1344535189385428992?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1344535189385428992%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F161332%2F2020%2F12%2F31%2Fmodi-statement-on-corona-virus