
अमेरिकी अधिकारीले तस्करीका लागि प्रयोग हुँदै आएको सबैभन्दा लामो सुरुङ खोज गरेका छन् । दक्षिण–पश्चिम सीमा क्षेत्रमा उक्त सुरुङ भेटिएको हो ।
सुरुङको सुवात मेस्किकोको तिजुआनाबाट हुन्छ । यो सुरुङको लम्बाई ४३०९ फिट रहेको छ । एक माइलको तीन चौथाई भन्दा पनि ठूलो क्षेत्रमा फैलिएको छ ।
अमेरिकामा दोस्रो सबैभन्दा ठूलो सुरुङ २९९६ फिटको हो । जसलाई सन् २०१४ मा सनडिएगोमा खोजिएको थियो ।
हालै भेटिएको यो नयाँ सुरुङमा एक कप्लेक्स कार्ट, रेल सिस्टम, फोस्ट भेन्टिलेसन, हाइ भोल्टेज इलेक्ट्रिक केबललगायतका सामग्री फेला परेका छन् ।
तस्करीका लागि बनाइएको यो सुरुङको खोजपछि कुनै व्यक्तिको गिरफ्तारी भने हुन सकेको छैन । सुरुङ करिब पाँच फिट अग्लो र दुई फिट चौडा छ ।